२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुँला पर्वको अवसरमा स्वयम्भुमा सप्तविधानुत्तर पूजा-फोटो फिचर



अ+ अ-

काठमाडौँ, ८ भदौः गुँला पर्वका अवसरमा स्वयम्भूनाथमा आज ‘सप्तविधानुत्तर’ पूजा गरिएको छ । वरिष्ठ तथा ज्येष्ठ नागरिक समाज काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूले आयोजना गरेको पूजामा मुलाचार्य, उपाध्याय तथा अन्य गुरुज्यूहरूले सामूहिक रूपमा उक्त पूजा गर्नुभएको छ ।

समाजका अध्यक्ष शारदामुनि बज्राचार्यका अनुसार बौद्ध धर्मका अनुयायीहरूले विभिन्न प्रकारबाट पूजा गर्ने गर्दछन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा एक हो । उहाँका अनुसार सप्त भनेको सात र विधान भनेको विधिविधान हो । पूजाविधिअन्तर्गत बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्रबमोजिम क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तर योगतन्त्र हुने गर्दछ ।

सप्तविधानुत्तर पूजालाई उच्चतम श्रद्धा र आस्थायुक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ । बज्राचार्यका अनुसार आफ्नो र अरुको हित गर्ने, विभिन्न ग्रहदशा निवारण भई सुख, शान्ति र आनन्दका लागि यो पूजा गरिन्छ ।

सुखमा, दुःखमा, जन्मदिनमा आपत्विपत् परेको समय, गृहकलहलगायत बेला यो पूजा गर्ने गरिन्छ । एक देखि एक सय आठ गुरुहरूबाट यो पूजा हुने जानकारी दिँदै बज्राचार्यले यो महिना भगवान् बुद्ध ध्यानमा बसेको महिना हो, त्यसैले यस समयमा मानिसले आफ्ना खराब खानपान तथा व्यवहार त्याग्ने पनि गर्छन् ।