४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुष्मान खुराना बाहिरिएपछि ‘बोर्डर–२’ मा वरुण धवनको प्रवेश



अ+ अ-

एजेन्सी । वरुण धवनले सन् १९९७ मा आएको सुपरहिट फिल्म ‘बोर्डर’ को सिक्वेल ‘बोर्डर २’ मा आफ्नो प्रवेशको घोषणा गरेका छन् ।

आयुष्मान खुराना फिल्मबाट बाहिरिएपछि अब वरुण यो ठूलो फिल्मको हिस्सा बनेका छन् ।

यो खबर अभिनेता स्वयमले इन्स्टाग्राममा पुष्टी गरेका छन् । उनले फिल्मको टिजर सेयर गर्दै क्याप्सनमा लेखे– ‘जब म चौथो कक्षामा थिएँ, मैले चन्दन सिनेमामा बोर्डर देखेँ । यो फिल्मले मलाई गहिरो प्रभाव पारेको थियो । आज पनि हामी सबै थिएटरमा भएको गौरवको अनुभूति सम्झन्छु । त्यस दिनदेखि मैले हाम्रा सैनिकहरूलाई सम्मान गर्न थालें र हाम्रो सेनाले हामीलाई सधैं बचाएको छ । सीमा सुरक्षा होस् वा प्राकृतिक प्रकोप, सेना सधैं तत्पर छ ।’

वरुणले थप लेखेका छन्, ‘जेपी दत्त सरको बोर्डर अझै पनि मेरो मनपर्ने फिल्ममध्ये एक हो । जेपी सर र भूषण कुमारले निर्माण गरिरहेको बोर्डर २ को एक हिस्सा हुनु मेरो करियरको विशेष क्षण हो । सन्नी पाजीसँग काम गर्नु मेरो लागि अझ विशेष हो । बहादुर सिपाहीको कथालाई ठूलो पर्दामा ल्याउनको लागि म तपाईंको आशीर्वादको अपेक्षा गर्दछु । यो भारतको सबैभन्दा ठूलो युद्ध फिल्म हुनेछ । जय हिन्द ।’

सनी देओलले यसै वर्ष जुनमा ‘बोर्डर २’ घोषणा गरेका थिए । उनले भनेका थिए, ‘एक सिपाही आफ्नो २७ वर्ष पुरानो वाचा पूरा गर्न फेरि आउँदैछन् । भारतको सबैभन्दा ठूलो युद्ध फिल्म, बोर्डर २ ।

‘बोर्डर २’ लाई भूषण कुमार, कृष्ण कुमार, जेपी दत्त र निधि दत्तले निर्माण गरेका हुन् । यसलाई अनुराग सिंहले निर्देशन गर्नेछन्, जसले यसअघि अक्षय कुमारको फिल्म ‘केसरी’ निर्देशन गरेका थिए ।