२२ असार २०८३, सोमबार
,
Latest
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छु: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमा इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण स्वदेश फर्केका विद्यार्थीसँग आज भएको भेटमा अध्यक्ष दाहालले विशेष परिस्थितिका कारण एकपटकका लागि नेपालमा इन्टर्नको व्यवस्था गर्न सकिने भएकाले आफूले सरकारसँग छलफल गर्ने बताउनुभयो । उहाँले यसबारेमा सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एकपटकलाई मुलुकमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

भेटमा विद्यार्थीहरुले बङ्गलादेशमा असहज अवस्था आएपछि इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा नेपालमा इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सोही क्रममा अध्यक्ष दाहालले मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी सोसम्बन्धमा जानकारी लिनुभएको थियो । रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयले विशेष परिस्थितिका कारण एकपटकका लागि इन्टर्न गर्न दिने निर्णय गरिसकेको उल्लेख गर्दै र मन्त्रिपरिषद्बाट निर्णय भएको खण्डमा यो व्यवस्था मिलाउन सकिने जानकारी गराउनुभएको थियो ।




भर्खरै