१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हिंसाका घटना नेपालमा मात्रै होइन संसारमै बढे : महिलामन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री लिलानाथ श्रेष्ठले महिलाविरुद्धका घटना नेपालमा मात्रै बढेको नभएर संसारभर बढेको बताएका छन् । मन्त्री श्रेष्ठले स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसक्दा महिला बालबालिकामाथि भइरहेको घटना बढेको बताउनुभएको छ । 

संघीय संसद राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यायिक समितिले काम गर्न नसक्दा घटनाहरु बढेको बताउनुभएको हो । मन्त्री श्रेष्ठले अहिले भएका कानूनले नै आधारभूत रुपमा काम गर्न अप्ठेरो नहुने भएपनि स्थानीय तहको न्यायिक समितिले काम नै गर्न नसकेको गुनासो गर्नुभएको हो । स्थानीय तहमा भएका न्यायिक समितिमा रहने व्यक्तिमा कानून सम्बन्धी ज्ञान र सीप नहुँदा प्रभावकारी काम गर्न नसकेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।  

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले लैंङ्गिक हिंसा सम्बन्धी विषयलाई पाठ्यक्रममा राख्नुपर्ने बताउनुभयो । यस्तै विद्यालय स्तरमा नै महिला हिंसा सम्बन्धी विषयमा अन्तरक्रिया गर्न सके हिंसा हुने जोखिम कमगर्न सकिने पनि बताउनुभयो ।

नेपाल सरकारले प्रत्येक वर्ष डिसेम्बर १ देखि १६ तारिख सम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान चलाउँदै आएको छ । नेपाल संयुक्त राष्ट्र संघको महिला विरुद्ध हुने सबै प्रकारका हिंसा विरुद्धको अभिसन्धीको पक्ष राष्ट्र पनि हो । नेपाल सरकारले हालै मात्र तेजाब आक्रमण र यौनजन्य हिंसा अन्त्य गर्न अध्यादेश नै जारी गरेको छ ।