२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध

कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा जुट्यो सरकार

कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा जुट्यो सरकार
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठ वटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाका कामलाई अघि बढाएको छ । उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने ? जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् । हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो । त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’

खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत जारी भइसकेको छ । नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ, जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निःशुल्क खोप लगाइनेछ । विश्वका गरिब राष्ट्रलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई कोभ्याक्स नामकरण गरिएको हो । खोप खरिद प्रक्रियाका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ ।

विश्वका विभिन्न देशमा एक सयभन्दा बढी खोपबारे अनुसन्धान भइरहेको बताइएको छ । तीमध्ये एघार वटा खोपबारे तेस्रो चरण (थर्ड फेज)मा अनुसन्धान भइरहेको छ भने उत्पादक कम्पनीले तीन वटा खोपको प्रभावकारिता ९० भन्दा माथि रहेको दाबी गरेका छन् । अमेरिकी कम्पनी फाइजरले जर्मन बायोएनटेकसँग मिलेर विकास गरेको खोपले ९५ प्रतिशत सफलता हात पारेको दाबी गरेको छ । अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप एमआरएनए—१२७३, ९४.५ प्रतिशत र अक्सफोर्ड विश्वविद्यालयले एक्ट्राजेनेकासँग मिलेर निर्माण गरेको खोप ७० प्रतिशत प्रभावकारी भएको ती कम्पनीले दाबी गरेका छन् ।

यस्तै, रुसी खोप स्पुतनिक–भी ९२ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । हालसम्म सबैको प्रारम्भिक नतिजा आए पनि अन्तिम नतिजा सार्वजनिक भएको छैन । सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकलाई उपलब्ध गराउनेछ । कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकलाई उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको योजना छ । त्यसका लागि औषधि ९तेस्रो संशोधन० अध्यादेश, २०७७ स्वीकृत भएको छ भने कोभिड—१९ भ्याक्सिनको सुरक्षित भण्डारणका लागि कोल्ड चेनको क्षमता बढाउने तयारी छ ।

विश्वमा हालसम्म अमेरिकामा उत्पादन गरिएको फाइजरबाहेक अन्य भ्याक्सिनले आपतकालीन प्रयोगको मान्यता पाएको छैन । स्वास्थ्य मन्त्रालयद्वारा गठित कोभिड भ्याक्सिन सल्लाहकार समितिका संयोजकसमेत रहेका खोप विज्ञ डा. श्यामराज उप्रेतीले भ्याक्सिन भण्डारण गर्न भण्डारणको आँकलन गरिसकिएको बताए । उनले भने, ‘नेपालमा आउने भ्याक्सिनमध्ये कुल जनसंख्याको २० प्रतिशत जनसंख्याले निःशुल्क लगाउन पाउनेछन् । अहिलेसम्म सरकारको योजनामा ७२ प्रतिशत नागरीकलाई कोरोना भ्याक्सिन दिने योजना छ ।’

उनले कुल जनसंख्याको ५२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सरकारले रकम जोहो गर्नुपर्ने बताए । २ देखि ८ डिग्रीमा भण्डारण गर्नुपर्ने भ्याक्सिन आयो भने अहिले भएको कोल्ड चेनले पुग्ने उनको भनाइ छ । कोभ्याक्स फ्यासिलिटीमार्पmत २० र बाँकी सरकारले आफैं खरिद गर्ने गरी ४८ अर्ब रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान गरिएको छ । अहिले बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल गरिएको छैन । हाल खोप उत्पादन भएका देशबाट खोप ल्याउने सन्दर्भमा सरकारले कूटनीतिक पहल गरिरहेको छ । राजधानी दैनिक