२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध

गुमनाम भएका उद्योगहरूको पुनरुत्थानमा ध्यान दिन सरकारसमक्ष माग

गुमनाम भएका उद्योगहरूको पुनरुत्थानमा ध्यान दिन सरकारसमक्ष माग
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले विगतमा निर्यातमूलक उद्योगका रूपमा स्थापित भएर अहिले गुमनाम भएका उद्योगहरूको पुनरुत्थानमा ध्यान दिन सरकारसमक्ष माग गरेको छ । महासङ्घका नवनिर्वाचित पदाधिकारीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित मन्त्रालयका उच्च अधिकारीसँगको भेटमा गार्मेन्ट, पस्मिना, गलैँचाजस्ता उद्योगको पुनरुत्थान गर्नेमा ध्यान दिन आग्रह गरेको हो ।

छलफलमा मन्त्री भट्टले महासङ्घका पदाधिकारीले दिएका सुझाव सकारात्मक रहेको भन्दै मन्त्रालयले निकट भविष्यमा महासङ्घलगायतका अन्य व्यवसायिक सङ्घसंस्था, सरोकारवाला सरकारी निकायसमेतको सहभागितामा एक विशेष कार्यक्रम गर्ने र त्यसबाट उद्योग–व्यवसायको विकासमा ठोस निष्कर्ष निकाल्ने योजना मन्त्रालयको रहेको बताउनुभयो ।
भेटमा महासङ्घ अध्यक्ष शेखर गोल्छाले त्यस्ता उद्योगलगायत कोभिड प्रभावित उद्योग र अर्थतन्त्रको पुनरुत्थान अपरिहार्यता रहेको बताउनुयो । निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र अर्थतन्त्रको पुनरुत्थानमा निजी क्षेत्र सहकार्य गर्न तत्पर रहेको उहाँको भनाइ थियो ।

उहाँले यसका लागि नीतिगत तथा अन्य व्यवस्था गर्न अन्तर्राष्ट्रिय विज्ञसमेत संलग्न गराई महासङ्घले अध्ययन गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष गोल्छाले दोहोरो करका कारण स्थानीय तहमा उद्योग–व्यवसाय थप समस्या परेको पनि ध्यानाकर्षण गराउनुभयो । कोभिड महामारीसँगै बन्द चलचित्र हलहरू स्वास्थ्यका सबै प्रोटोकल कायम गरी अविलम्ब सञ्चालन गर्नुपर्नेमा पनि आग्रह गर्नुभयो । गोल्छाले अहिलेको सङ्कटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल वातावरण बनाइदिनुपर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रिया सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्नु नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्बर ल ल्याउनुपर्ने माग महासङ्घको छ । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वबाट उठेको रकमको केही हिस्सा उद्योग वााणिज्य सङ्घको संस्थागत विकासमा खर्च गर्न दिनुपर्ने माग पनि महासङ्घले राखेको थियो । सो अवसरमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधैं महासङ्घसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

परिसङ्घद्वारा स्वागत
यसैबीच नेपाल उद्योग परिसङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । बिहीबार परिसङ्घको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासङ्घका पदाधिकारीलाई परिसङ्घका पदाधिकारीले बधाई तथा शुभकामना प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले महासङ्घको नयाँ कार्यसमितिसँग परिसङ्घको सहकार्यलाई थप सुदृढ र मजबुत बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले निजी क्षेत्रले मध्यमार्गी बाटो अपनाई एकताबद्ध भई उद्योग–व्यवसायको प्रवद्र्धन र विकासमा सहकार्य नै पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । गोरखापत्र दैनिक