७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुदका लागि कतारको लबिङ



अ+ अ-

काठमाडौं । कतारले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि सहयोग र समर्थन मागेको छ। नेपाल भ्रमणमा रहेको कतार ओलम्पिक कमिटीको प्रतिनिधिमण्डलले नेपाल ओलम्पिक कमिटी (एनओसी)का प्रतिनिधिसँग भेट गर्दै एसियाली खेलकुद आयोजनाका लागि सहयोग गर्न अनुरोध गरेको छ।

कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जेए अल्बुनइनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीले बिहीबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा नेपाली टोलीसँग छलफल गरेको थियो। छलफलमा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारी दिन लागेको जानकारी गराउँदै नेपाललाई सहयोग र समर्थनका लागि अनुरोध गरेको थियो।

कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको एनओसीले जनाएको छ। कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने कतारी दाबेदारीको सफलताको कामना गरेका थिए।

‘कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुद सफलतापूर्वक आयोजना गरिसकेको छ। अन्नपुर्णपोष्ट दैनिक