२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा कपुरले मोदीलाई पछि पारिन्



अ+ अ-

एजेन्सी । फिल्म ‘स्त्री २’ ब्लकबस्टर भएपछि चर्चामा आएकी अभिनेत्री श्रद्धा कपुरले सामाजिक सञ्जालमा नयाँ कीर्तिमान बनाएकी छिन् ।

हालै उनको इन्स्टाग्राम अकाउन्टमा कुल ९१.५ मिलियन फलोअर्स छन् । यो संख्यासँगै श्रद्धा कपुर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पार्दै तेस्रो धेरै फलोअर्स हुने भारतीय बनेकी छिन् ।

श्रद्धा कपुरभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा धेरै फलो गर्ने भारतीयको सूचीमा तेस्रो स्थानमा थिए । उनको ९१.३ मिलियन फलोअर्स थिए, यद्यपि श्रद्धा कपूरका फलोअर्स स्त्री २ को रिलीज पछि लगातार बढ्दै गए ।

अहिले उनको फलोअर्स ९१.५ मिलियन पुगेको छ । हाल, उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने भारतीयहरूमध्ये तेस्रो नम्बरमा पुगेकी छन् ।

हाल यस लिस्टमा श्रद्धा कपुर प्रियंका चोपडाभन्दा केही पछि छिन् । यद्यपि उनले छिट्टै प्रियंकालाई पनि पछि पार्न सक्छिन् । प्रियंकाका ९१.८ मिलियन फलोअर्स छन् । यो सूचीमा क्रिकेटर विराट कोहली शीर्षस्थानमा छन् । उनको २७० मिलियन फलोअर्स छन् ।