• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

गौतम गम्भीरले चुने क्रिकेटका अल टाइम प्लेइङ–११, भारतका एउटा पनि क्रिकेटर परेनन्



एजेन्सी । पूर्व क्रिकेटर तथा भारतीय टोलीका वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीरले स्पोर्ट्सकीडासँग कुरा गर्दै आफ्नो सर्वकालीन विश्व ११ को घोषणा गरेका छन् ।

अल टाइम प्लेइङ–११ छनोट गरेर गौतम गम्भीरले आफ्नो निर्णयले सबैलाई चकित पारेका छन् ।

उनले प्लेइङ–११ मा ती खेलाडी छनोट गरेका छन्, जससँग उनले क्रिकेट खेलेका छन् । यस टोलीमा केही आश्चर्यजनक छनोटहरू छन् र सूचीमा एक पनि भारतीय खेलाडीको नाम समावेश छैन ।

गम्भीरले आफ्नो विश्व ११ मा तीन कप्तान चयन गरेका छन्, जसमा उनले दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, वेस्ट इन्डिजका ब्रायन लारा र पाकिस्तानका इन्जमाम उल हकको नाम समावेश गरेका छन् । पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले कसैलाई पनि विशेष गरी कप्तान चयन गरेका छैनन् ।

गम्भीरको विश्व ११ मा एडलम गिलक्रिस्ट र म्याथ्यु हेडन समावेश छन्, जो ओपनरका रूपमा छनोट भएका छन् । उनले मध्यक्रममा एबी डिभिलियर्स, इजामाम उल हक र ब्रायन लारालाई स्थान दिएका छन् । प्लेइङ–११ मा एन्ड्रयु साइमण्ड्स, अब्दुल रज्जाक, एन्ड्रयु फ्लिन्टफ अलराउन्डरका रुपमा छनोट भएका छन् ।

त्यसैगरी स्पिनरका रूपमा मुथैया मुरलीधरन र सोएब अख्तर र मोर्ने मोर्केललाई फास्ट बलरका रूपमा चयन गरिएको थियो ।

गम्भीरको विश्व ११ मा न्यूजिल्याण्ड र बंगलादेशका कुनै खेलाडीलाई स्थान दिइएको छैन र रिकी पोन्टिङ, ग्लेन म्याकग्राजस्ता खेलाडीले पनि स्थान पाएका छैनन् ।

गौतम गम्भीरले छनोट गरेका विश्व ११–
एडम गिलक्रिस्ट, म्याथ्यू हेडेन, एबी डिभिलियर्स, ब्रायन लारा, इन्जमाम उल हक, एन्ड्रयू साइमन्ड्स, अब्दुल रज्जाक, एन्ड्रयू फ्लिन्टफ, मुथैया मुरलीधरन, शोएब अख्तर, मोर्ने मोर्केल ।