१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्रको पक्षमा हेटौंडामा राप्रपाको प्रदर्शन



अ+ अ-

हेटौंडा । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन गरेको छ । हेटौंडा बजारको सीमा चोकमा पुगेको र्‍यालीलाई राप्रपाका नेता मधु अधिकारी, राजाराम बर्तौला, जिल्ला अध्यक्ष न्यौपानेले सम्बोधन गर्नुभएको थियो । पार्टी कार्यालय सानोपोखराबाट मोटरसाइकल र्‍यालीले ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’लगायत नारा लगाउँदै बजार परिक्रम गरेको थियो ।

कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्‍याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताउनु भयो । अध्यक्ष न्यौपानेका अनुसार र्‍यालीमा करिब ५०० मोटरसाइकलमा नेता कार्यर्ता र शुभेच्छुक सहभागी थिए ।