२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री भट्टराईले भनिन्– गृहमन्त्रीबाट सहयोग भएन



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रमेश लेखकलाई पाँच दिनदेखि भन्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभएको छ ।

शिक्षामन्त्री भट्टराईले आज सामाजिक सञ्जालबाट विश्वविद्यालयका पदाधिकारीहरूमाथि केही दिनअघि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्रीले गृहमन्त्रीसँग सुरक्षाको माग गरेको जानकारी दिनुभएको थियो । मन्त्री भट्टराईको भनाइलाई लिएर विभिन्न टिप्पणी आएपछि उहाँले पुन: त्यसबारे स्पष्टीकरण दिँदै गृहमन्त्रीसँग पाँच दिनदेखि समन्वय गर्दा पनि सुनुवाइ नभएको लेख्नुभएको छ ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘यहाँहरुले मलाइ आबस्यक सुझाव दिनु भएकोमा आभारि छु । मैले सार्बजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आबेगमा आएर लेखेको होइन । मैले ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारि गराउन चाहन्छु ।’

शिक्षा मन्त्री भट्टराईले सामाजिक सञ्जालमा लगातार टिप्पणी गरेपछि गृहमन्त्री रमेश लेखकसँगको सम्बन्ध बिग्रिएको हुनसक्ने देखिन्छ ।