• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या हो: मन्त्री चौधरी ★   खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन ★   एन्फा महिला लिग: आर्मीसँग वागमती ३—० ले स्तब्ध ★   भारतविरुद्धको टेस्ट सिरिजका लागि बंगलादेशको टोली घोषणा ★   रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने ★   पूर्वी एसियामा लाखौँ मानिस बाढीबाट प्रभावित, २०० भन्दा बढीको मृत्यु ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि ★   रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु ★   बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते ★   नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

मुकुल ढकाललाई साधारण सदस्यबाटै निस्कासनको तयारी, अरु एजेन्डा के ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निस्कासनको तयारी गरेको छ । पार्टी कार्यालय वनस्थलीमा आज सुरु हुने केन्द्रीय समिति बैठकले ढकाललाई निस्कासन गर्ने निर्णय गर्न लागेको हो ।

आजको बैठकबाट ढकालका विषयमा निर्णय हुने एक जना केन्द्रीय सदस्यले बताए । सम्भवत: उनलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिने छ ।

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेका विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ ।

असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो ।

केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखी उनलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको त्यतिबेला कार्यबाहक प्रवक्ता मनिष झाले बताएका थिए ।

केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएपनि उनले यो बीचमा पार्टीलाई चुनौती दिँदै गतिविधि गर्दै आइरहेका छन् । उनको गतिविधिले पार्टीलाई क्षति पुगिरहेकाले अब पार्टीको साधारण सदस्य समेत कायम गर्न सक्ने अवस्था नरहेको नेताहरूको भनाइ छ ।

केन्द्रीय समिति बैठकका एजेण्डा थप गरिएको छ । यसअघि बैठकका ७ एजेण्डा तय भएकोमा अहिले ३ वटा थपेर १० बनाइएको छ ।

रास्वपा केन्द्रीय समितिमा पेश हुने एजेन्डा के के हुन् त ?

१. समसामयिक राजनीति र पार्टी गतिविधि ।

२. राष्ट्रिय भेला ।

३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।

४. संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।

५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल ।

६. स्थानीय तह उपनिर्वाचन बारे ।

७. संविधान दिवसको कार्यक्रम बारे ।

८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल ।

९. केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।

१०. विविध