• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन: महासचिव पोखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली काँग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा स्व। प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले यसमा नेकपा (माओवादी केन्द्र), मधेसवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताउनु भयो । उहाँले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण पनि गर्नुभयो ।उहाँले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इतिहासका विभिन्न चक्र र कालखण्डमा हामी विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाउने गरेका छन् भन्नेकुरालाई बुझ्नु पर्दछ । र अहिलेको सन्दर्भमा समावेशिताको आधारमा हामीले बनाएको संविधानमा जुन प्रकारको चुनाव प्रणाली अवलम्वन गरेका छाँै, समानताका लागि भन्छौँ तर यथार्थ रुपमा भन्ने हो भने प्रतिनिधि सभाका सदस्यहरुभित्रै असमानता छ । चुनाव जितेकाहरुले क वर्गको ठान्ने, समानुपातिकबाट आएकाले ख वर्गको ठान्ने । जे चिजबाट हामी समाजलाई समानताको जगमा खडा गर्ने कुरा गर्दैछौँ, निर्वाचन प्रणालीका कारणले त्यही असमानताको कारण बनेको छ भने त्यसले समाजलाई सकारात्मक परिवर्तन गर्नसक्छ रु सक्दैन । त्यस अर्थमा समानुपातिक समावेशीलाई यस्तो ढाँचामा बदलेर लैजानुपर्छ जुन ढाँचाबाट आएका सांसदहरु क र ख वर्गका नहुन् । एउटै वर्गका हुन् । यो चिजको खोजि गर्नुपर्छ भन्ने मान्यता हो नेकपा एमाले र नेपाली काँग्रेसको । त्यसमा माओवादीले विमति राख्न सक्छ ? के मधेसवादी दलले विमति राख्न सक्छन् ? सक्दैनन् ।’

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको सहमति तत्कालै बाहिर नल्याउनुको कारण नेकपा ९माओवादी केन्द्र० लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताउनु भयो ।