१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा



अ+ अ-

काठमाडौं । सत्तरुढ नेकपामा अध्यक्षद्वय बिच बालुवाटारमा छलफल सुरु भएको छ । शनिबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा 'वान टु वान' छलफल भएको हो । 

आजै नेकपाको सचिवालय बैठक बस्ने तय भएको छ । बैठक बस्नुअघि दुई अध्यक्षबीच बालुवाटारमा भेट भएको स्रोतले जनायो।

दुई अध्यक्षलाई भेटघाटको वातावरण बनाउनका लागि स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहाना खुमलटार पुगेका थिए।

शुक्रबार प्रचण्डनिकट स्थायी कमिटी सदस्य एवम् उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबीच लामो कुराकानी भएको थियो।