१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् विश्वमै सबैभन्दा बढी फोन बोक्ने व्यक्ति



अ+ अ-

एजेन्सी । धेरैजसोसँग एउटा मात्र फोन हुन्छ । दुईवटा फोन राख्ने मान्छेहरू पनि धेरै नै छन् । तर, संसारमा एक–दुई होइन हजारौँ फोन बोक्ने व्यक्ति पनि छन् ।

यी व्यक्तिको फोनको संग्रह यति ठूलो छ कि अब उनको नाम गिनिज वल्र्ड रेकर्डमा पनि दर्ता भएको छ ।

ती व्यक्ति स्पेनको बार्सिलोना शहरमा बस्छन् । उक्त व्यक्तिको नाम भान्सेस पलाउ फर्नान्डेज हो । पलाउको घर आजकल फोनको गोदाम बनेको छ । विशेष कुरा के छ भने पलाउसँग अधिकांश नोकियाका फोन छन् । सबैभन्दा ठूलो कुरा यो हो कि यी मध्ये धेरैजसो फोनहरू व्यापक रूपमा प्रयोग भइसकेका छन् र लगभग हरेक फोन अझै काम गर्ने अवस्थामा छन् ।

भेन्सेस पलाउ फर्नान्डेजसँग हाल कूल ३६५१ फोनहरू छन् । यी मध्ये अधिकांश नोकिया मोडेल हुन् । यी मध्ये केही मोडेलहरू यस्ता छन् कि तपाईंले तिनीहरूलाई अब बजारमा फेला पार्नुहुनेछैन । यति धेरै फोन भएका कारण फर्नान्डेजको नाम अहिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यसअघि रोमानियाका आन्द्रेई बिल्बीको नाममा सबैभन्दा धेरै फोन भएको गिनिज बुक अफ वल्र्ड रेकर्ड थियो । सन् २०२३ मा उनीसँग जम्मा ३ हजार ४५६ मोबाइल थिए ।

पलाउले आफ्नो पहिलो फोन सन् १९९९ मा लिएका थिए । यो नोकियाको फोन थियो । पलाउ भन्छन् कि उनले यो फोन किनेका थिएनन्, तर कसैले क्रिसमसमा उपहार दिएका थिए । यो मोडेल नोकिया ३२१० थियो । यसपछि सन् २०१८ सम्ममा उनले ७०० भन्दा बढी फोन सङ्कलन गरे । आज उनीसँग ३ हजारभन्दा बढी फोन छन् । नोकिया बाहेक, पलाउसँग सिमेन्स, एनईसी, मोटोरोला, ब्ल्याकबेरी, सामसुङ, एचटीसी, एप्पल र अन्य धेरै ब्रान्डका मोबाइलहरू छन् ।

यस बाहेक उनीसँग नोकियाको विशेष संस्करण नोकिया ३३२० छ । संसारमा थोरै मानिससँग मात्रै यो फोन छ । पलाउको यो विश्व कीर्तिमानले देखाउँछ कि उनी फोनको लागि कति पागल छन् ।