७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डको सञ्चालकमा अवस्थी सिफारिस



अ+ अ-

नेपाल उद्योग वाणिज्य महासङ्घले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ।

धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हो । बोर्डमा महासङ्घको प्रतिनिधि सञ्चालक सदस्य रहने गर्दछ।

अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रूपमा कार्यरत छन् । अवस्थीले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् भने काठमाडौं विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् । उनले भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

महासंघमा कार्यभार सम्हाल्नु अघि अवस्थी नेपाल स्थित संयुक्त राष्ट्र संघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा कार्यरत थिए ।

त्यसअघि करिब दुई दशक पत्रकारिता गरेका अवस्थी एक दशक भन्दा बढी समय कान्तिपुर दैनिकमा आर्थिक सम्पादक थिए । उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष पनि हुन । अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने प्रतिष्ठित सम्मान मनेजर अफ द ऐयर २०२३ प्राप्त गरेका छ्न् ।