१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको गाडी दुर्घटनामा मृत्यु



अ+ अ-

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा मृत्यु भएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी कार्कीको मृत्यु भएको हो ।

सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोडमा दुर्घटनामा परेको हो । उपाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्कीलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा करिब राति दुई बजे निधन भएको प्रहरीको भनाइ छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए । उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान् समेत हुन् ।