६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपुल्स लाइब्रेरीका लागि पुस्तक सङ्कलन गर्ने काम सुरु



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरीका लागि पुस्तक सङ्कलन गर्ने काम सुरु भएको छ ।

आइतबारबाट प्रधानमन्त्री पत्नी राधिका शाक्यले पुस्तक लिनु सुरु गर्नुभएको हो । आइतबार शाक्यले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ बुझेर पुस्तक सङ्कलनको काम प्रारम्भ गर्नुभएको हो ।

पुस्तक हस्तान्तरण गर्न डा. कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नु भएको थियो । स्रष्टा र इच्छुक व्यक्तिहरूले दिनुभएको पुस्तक अब दैनिक एक घण्टा सङ्कलन गरिने भएको छ । पुस्तक प्रधानमन्त्री पत्नी राधिकाले आफैँ सङ्कलन गर्नुहुने भएको छ ।

‘पुस्तक रिसिभ गर्ने काम भोलिदेखि शनिबार बाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म हुने छ, पुस्तक हस्तान्तरण गर्नका लागि प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा आउन सक्नु हुनेछ’, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा लाइब्रेरीको लागि कोठा बनाइएको भए पनि लाइब्रेरीमा राखिएका र्याग खालि थिए । सो पुस्तकालयलाई नागरिक पुस्तकालय बनाउन प्रधानमन्त्री पत्नीले पुस्तक सङ्कलन गर्न सुरु गर्नुभएको हो । प्रधानमन्त्री जो भए पनि उहाँहरूलाई भेट्ने जाने वा बालुवाटार जाने जो कोहीले पनि पढ्न पाउन् भन्ने उद्देश्यले उहाँले पुस्तकालय बनाउने काम सुरु गर्नुभएको हो ।

बालुवाटारसम्म आएर पुस्तक प्रदान गर्नुभएकोमा शाक्यले डा. कोइरालालाई धन्यवाद दिनुभयो ।

डा. कोइरालाले संस्थागत हिसाबले लाइब्रेरीलाई सुहाउने गरी पुस्तक प्रदान गरिएको बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवासमा अरूलाई पनि उपलब्धता हुने गरी पुस्तकालय सञ्चालन गरिनु राम्रो काम भएको कोइरालाले बताउनुभयो ।

‘केही असल सन्देश दिने खालका किताबहरू छन् भने तपाईँ हामी सबैले आफ्नो तर्फबाट सहयोग गर्दा भविष्यमा एउटा ठुलो योगदान यो समाजलाई पुग्न सक्छ’, डा. कोइरालाले भन्नुभयो ।