२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ मुलुकको पछिल्लो आर्थिक अबस्था- पूर्णपाठ



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रबैकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको जनाएको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्बजनिक गर्दे राष्ट्रबैकले विप्रेषण आप्रवाह जनाएको हो ।

बैकका अनुसारहाल वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । बैकका अनुसार आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ ।तथ्थाङ अनसार शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । बैकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।यसैगरी
विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ भने ,बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

बैकका अनुसार २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.५० खर्ब ७४ अर्ब पुगेको छ ।

आर्थिक तथा वित्तीय स्थितीको पूर्णपाठ

Current Macroeconomic and Financial Situation -Nepali (Based on Annual data of 2080.81)