१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबा अनिरुद्ध आचार्यले ‘बिग बोस १८’ को प्रस्ताव अस्वीकार गरे



अ+ अ-

एजेन्सी । टेलिभिजनको लोकप्रिय रियालिटी शो बिग बोस आफ्नो १८ औँ सिजन लिएर फर्किने भएको छ । शोको ग्राण्ड प्रिमियर अक्टोबर ५ मा हुँदैछ, जसमा प्रतियोगीहरुको नाम सार्वजनिक हुँदैछ ।

हालैको बिग बोस खबरको रिपोर्ट अनुसार कलर्स च्यानलले सामाजिक सञ्जालमा आफ्नो बयानका कारण चर्चामा रहेका बाबा अनिरुद्ध आचार्यलाई बिग बोस १८ को लागि अफर गरेको थियो ।

तर, बाबाले शोको प्रस्तावलाई अस्वीकार गरेको खबर पनि आएको छ । यसअघि बाबा अनिरुद्ध कलर्स च्यानलको शो लाफ्टर शेफको हिस्सा भइसकेका छन् ।

साथै, पछिल्ला केही दिनदेखि चर्चित अभिनेत्री ईशा कोप्पिकर बिग बोस १८ को हिस्सा बन्ने खबर आएको थियो तर अभिनेत्री आफैंले सामाजिक सञ्जाल पोस्टमार्फत यी खबरलाई अफवाह भनेकी छिन् ।

अभिनेत्रीले यी समाचारको स्क्रिनसट सेयर गर्दै लेखिन्, ‘फेक न्यूज अलर्ट । कृपया समाचार प्रकाशित गर्नु अघि कलाकारसँग तथ्य जाँच गर्नुहोस् ।’

‘तारक मेहता का उल्टा चश्मा शो’का अभिनेता गुरुचरणलाई शोबाट अफर आएको खबर छ । यद्यपी यसबारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । उनी बाहेक जेनिफर मिस्त्री पनि शोमा आउने सम्भावना छ ।

बिग बोस ओटीटी ३ केही समय अघि समाप्त भएको छ, जसको विजेता साना मकबुल थिइन् । ओटीटी सिजनको अन्त्य पछि, अब बिग बोस १८ को तयारी भव्य रुपमा हुँदैछ ।

अप्रिलमा सलमान खानको बान्द्रा अपार्टमेन्टमा गोली चलेको थियो, त्यसपछि सुरक्षाका कारण उनले शो होस्ट नगर्ने खबर आएको थियो, तर अब सलमान शोका लागि आएका छन् । मुनवर फारुकीले बिग बोस १७ को गत सिजनको उपाधि जितेका थिए ।