६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुँदै



अ+ अ-

काठमाडौँ । तेजाव आक्रमणमा परेका पीडितहरुको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र आगामी शुक्रवारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो ।

वीरगञ्जमा आईतवार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा निर्देशक रमित ढुङ्गानाले चलचित्रको बारेमा जानकारी गराउनु भयो । निर्देशक ढुङ्गानाका अनुसार चलचित्रले विशेष गरी तेजाव आक्रमणबाट पीडित भएकाहरुको शारीरिक र मानसिक पीडालाई चित्रण गर्छ । उनले चलचित्रमा एसिड आक्रमण गर्नेलाई आजीवन कैदको सजाय र सहज रुपमा एसिड बिक्री वितरणमा रोक हुनुपर्ने माग पनि प्रश्तुत गरिएको बताउनु भयो । ‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नैपर्ने निर्देशक ढुङ्गानाले बताउनु भयो ।

चलचित्रमा तेजाव आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरुको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ । जसमा प्रमुख भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल,एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गरेका छन् ।

३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । अभिनेता रमित ढुङ्गानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, निरज कँडेलको छायांकन, बनिश साहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ । फिल्मलाई पहिलो भागको रुपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुंगानाले बताउनु भयो ।