१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.41

Wind: 5.14

Humidity: 22

Latest
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग प्रधानमन्त्रीसँग भारतीय विद्युत मन्त्रीको भेट देशका प्रबुद्ध वर्ग नै देश ठप्प पर्ने गरी बन्द गर्दै हिँडेपछि… युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु सरकार सञ्चालनमा समस्या छैनः गृहमन्त्री लेखक निजामति विधेयकः सहमति हुन नसकेका विषयमा शिर्ष नेतृत्वसँगको छलफलमा टुंग्याइने आन्दोलन स्थगित गरेर विधेयक टुंग्याउने विषयमा सहयोग गर्न कर्मचारी संगठनहरुलाई काँग्रेसको आग्रह माओवादी केन्द्रको आरोप – ‘सरकार पूर्ण रूपमा फेल भइसक्यो’ ‘वैशाखको अन्तिमसम्ममा संसदबाट शिक्षा विधेयक पारित हुन्छ’ रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ ।

यसैगरी यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक, हरिशरण पुडासैनीलाई भन्सार विभागको महानिर्देशक, रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो । श्यामप्रसाद भण्डारीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।