२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानसँग छन् ३ सय अवार्ड, भन्छन् – अवार्ड लिन कुनै लाज मान्दिनँ



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानले हालै आफूसँग ३ सय अवार्ड रहेको खुलासा गरेका छन् । उनले आफ्नो घरमा एउटा कोठा पनि बनाएका छन्, जहाँ उनले यी पुरस्कारहरू राख्छन् ।

शाहरुखले अवार्ड लिन आफूलाई कुनै लाज नभएको पनि बताए । उनलाई दर्शकको माया पाउन मन लाग्छ ।

द गार्डियनसँगको एक अन्तर्वार्तामा शाहरुखलाई सोधिएको थियो कि उनको घरमा अवार्ड राख्नको लागि कुनै विशेष ठाउँ छ ? जवाफमा अभिनेताले भने– ‘मसँग यो कोठाभन्दा ठूलो कोठा छ । मसँग ३०० अवार्ड छ । मसँग ९ तले कार्यालय छ र त्यहाँ प्रत्येक तलामा केही पुरस्कारहरू राखिएको छ ।’

जब शाहरुखलाई अवार्ड पाउनु मनपर्छ भनेर सोधियो । अभिनेताले भने– ‘मलाई रमाइलो लाग्छ । यो मामिलामा म धेरै निर्लज्ज छु । मलाई अवार्ड लिन मन लाग्छ । मलाई समारोह मन पर्छ । यदि मैले भाषण दिनु पर्यो भने, म अलि नर्भस हुन्छु ।’

शाहरुखले अवार्डप्रति आफ्नो प्रेम व्यक्त गरेको यो पहिलो पटक भने होइन । हालै शाहरुखले मुम्बईमा आयोजित २०२४ दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल अवार्डमा ‘जवान’का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए ।




भर्खरै