६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खुम्बु क्षेत्रमा कसरी आयोग आकस्मिक बाढी ?

खुम्बु क्षेत्रमा कसरी आयोग आकस्मिक बाढी ?
अ+ अ-

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० घर, थामे आधारभूत विद्यालय र एउटा क्लिनिकको भवन बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ।

खुम्बु क्षेत्रमा कसरी यति ठूलो बाढी आयो भन्ने अझै एकीन भएको छैन । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले थामे खोलामा एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ ।

बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल/हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ ।

“उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमश: बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो”, महाशाखाले भनेको छ, “निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।”

महाशाखाले यो अनुमान मात्र गरेको हो । आकस्मिक बाढी आउनुको खास कारण थाहा हुन सकेको छैन । वैज्ञानिकहरुले यसबारे अध्ययन थालिसकेका छन् ।

दिउँसो बाढी गएकाले ठूलो मानवीय भने हुन पाएन । बाढीले केही घर पुरेको छ, केहीलाई क्षति गरेको छ । एक जना बेपत्ता छन् । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको थियो । कतिपय स्थानीय शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका थिए । त्यही कारण धेरै मानिस नहुँदा क्षति कम भएको हो ।

खोला थामेमा आएको बाढी मिसिएपछि दूधकोशीको तटीय क्षेत्रमा पनि क्षति पुगेको छ । दूधकोशीमा पानीको बहाव बढ्दा खुम्बु क्षेत्र जाने एक मात्र पक्की पुलमा क्षति पुगेको छ । माप्यदूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने ओर्लाङघाटको पुलको एउटा भाग भासिएको हो । प्रहरीका अनुसार अब मर्मत नगरी उक्त पुलमा गाडी चल्न सक्दैन । उक्त पुल दुवै गाउँपालिकाले संयुक्त लगानीमा मितेरी पुलका रूपमा निर्माण गरेका थिए । दूधकोशीको उच्च बहावले जोरसल्लेमा २ सय मिटरभन्दा बढी पैदलमार्ग बगाएको छ  ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसमले साथ दिए हाज काठमाडौंबाट एउटा हेलिकोप्टरसहितको टोली जोखिमयुक्त क्षेत्रमा जाने भएको छ । राहत सामग्री लिएर जाने उक्त टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक अध्ययन गर्नेछ ।

रक्षामन्त्री मानबहादुर राई पनि आज हेलिकोप्टर लिएर प्रभावित क्षेत्रमा पुग्ने तयारीमा छन् । सोलुखुम्बु मन्त्री राईको गृहजिल्ला पनि हो ।