१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरुले सही सूचना दिन नसकेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री थापाले सञ्चार माध्यामहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गर्नुभयो । आजभोली कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उहाँले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेण्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाईको भाव बोक्न नसक्ने उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताउनु भयो । उहाँले राजनीतिक भन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यामहरुको बजार थप हुने दाबी समेत गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘गीत, संगीत, कला जे जे भनेपनि सबै यति धेरै त्यो हाम्रो राजनीतिक गतिविधिको वरीपरी घुम्न थालेको छ । गाली गरेपनि त्यसमा नै, नयाँ सृजना गरेपनि त्यसमै, रेडियोमा बोल्दै त्यो प्रस्तोताले पनि दुई वटा गीतको बीचमा पनि राजनीतिक वरीपरीकै कुरा भनिरहेको हुन्छ । त्यो भन्दा पर जान सकेका छैनौ । जसले गर्दा त्यो ओभर क्राउडेट भएको छ ।

सामाजिक सञ्जालमा त्यसैमा टिप्पणी गरिराखेको छ । त्यसैले रेडियोमा आउने साथीहरुले नयाँ नयाँ कुरा सृजना गर्छु भन्ने ठान्ने हो भने त्यो भन्दा बाहिर मानिसहरुले फरक कुराहरु पनि सुन्न चाहिरहेको छ । त्यसरी सोच्ने हो भने मुलुकमा अहिले पनि रेडियोको ठूलो बजार छ भन्ने मैले ठानेको छु ।

सबभन्दा ठूलो कुरा भनेको हामीहरुले सही सूचना दिन सकिरहेका छैनौै । हामीलाई आजभोली कहीँ गएर बोल्दा डर लाग्छ–मैले अहिले १० मिनेट यहाँ बोलेभने साँझ सुन्न स्रोतसम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो दश सेकेन्डको मात्रै हुन्छ । त्यो दश सेकेण्डले मेरो १० मिनेटका भाव बोक्दैन ।

तर त्यसैको आधारमा मेरो धारणा बनाउँछ । जसले बजाएको छ, उसलाई आज मैले देखाईदिए भन्ने लाग्छ । तर कुनै बेला ऊ आफैँ हेर्नेमा पर्छ । यसकारण हामी एक अर्काका पीडित हौं । हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एकअर्कालाई दुःख दिईराखेको छ । यसबाट माथि उठ्नुपर्छ ।’

महामन्त्री थापाले सञ्चार माध्यामहरुले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने बताउनु भयो ।