२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्धमा गाईजात्रा तथा रोपाइँजात्रा आगामी भदौ ५ गते हुने



अ+ अ-

काठमाडौँ । रोपाइँजात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउने उद्देश्यले गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्धले यही भदौ ५ गते गाईजात्रा तथा रोपाइँजात्राको आयोजना गर्ने भएको छ ।

समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको र विविधताभित्रको साँस्कृतिक नगरी बौद्धको परम्परागत गाईजात्रा र रोपाइजात्रालाई जीवित राख्ने उद्देश्यले यस वर्ष पनि जात्रा आयोजना गरिएको जानकारी दियो ।

जात्रामा घिनतिङ नाका कार्यक्रम, घोनाई कार्यक्रम, हाँस्य व्यङ्गय तथा साँस्कृतिक कार्यक्रम, र रोपाईँ जात्रालगायतका कार्यक्रम आयोजना गरिएको समितिका संयोजक जनमङ्गल लामाले बताउनुभयो । जात्रामा प्रस्तुत हुने विविध विधामा लाखे, रोपार, बाउसे, हाँस्य—ब्यङ्गय, झाँकी, ख्याली, बाल रोपार, बाल बाउसे, बाल लाखे, हलि र घाडा रहेका छन् । रासस