६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रधानमन्त्री ओलीले भने– ‘हामी तलव खाएर दिन कटाउन मात्र आएका होइनौं’

प्रधानमन्त्री ओलीले भने– ‘हामी तलव खाएर दिन कटाउन मात्र आएका होइनौं’
file-photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरी देशका लागि परिणाम दिनुपर्ने बताएका छन् ।

गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा पूर्वतयारीबारे हिजो सिंहदरबारमा छलफल गरेपछि आज सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले आफूहरु तलव खाएर दिन कटाउन मात्र नआएको स्पष्ट पारेका छन् । उनले जिम्मेवारी लिएर परिणाममा पुर्‍याउन आफूहरु आएकोसमेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले अब कानुन मात्र दिएर नहुने, काम नै हुनुपर्ने बताएका छन् । एक ठाउँ सुध्रिएर पुग्दैन, सबै ठाउँमा सुध्रिनु आवश्यक छ भन्दै प्रधानमन्त्री ओलीले अबदेखि प्रधानमन्त्री / मन्त्री / मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु नबनाउने घोषणा पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

हामीले हिजो गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल गर्यौं। यसपाली प्रधानमन्त्री/ मन्त्री/ मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन् । काम गर्दै जाँदा हामीमा केही अनुभव थपिएको छ – अब कानुन मात्र दिएर हुँदैन, काम हुनु पर्छ। एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ। एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनु पर्छ । हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझौं ।