२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री निवासमै पिपुल्स लाइब्रेरी स्थापना गर्ने राधिका शाक्यको प्रस्ताव



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् ।

शाक्यले बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव गरेकी हुन् ।

धर्मपत्नी शाक्यले गरेको प्रस्तावबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो– यहाँ पिपुल्स लाइब्रेरी बनाऔँ। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ ।’

प्रधानमन्त्री ओलीका अनुसार राधिकाले भनेकी छन्, ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरू राख्नुपर्छ ।’

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीले पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्ने बताएका छन् । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्याउने बताइएको छ ।