२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिम सुरु



अ+ अ-

काठमाडौं । नेपाली सेनाको राष्ट्रिय सेवा दलले सिनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम सञ्चालन गरेको छ ।

देशभरका २१ वटा जिल्लामा रहेका ४५ वटा बिद्यालयहरुमा अध्ययनरत छात्र–छात्राहरु १६ सय २० जनालाई तालिम दिइएको हो ।

दुई चरणमा सञ्चालन हुने तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ मा देशभरका ७७ जिल्लामध्ये ७५ वटा जिल्लामा रहेका २१४ वटा बिद्यालयहरुमा अध्ययनरत ७ हजार ७ सय ४ जना छात्र छात्राहरुलाई तालिम (जुनियर तथा सिनियर डिभिजन) गराउने योजना अनुरुप २०८१ आषाढ १४ गतेबाट १६९ वटा बिद्यालयमा अध्ययनरत ६ हजार ८४ जना छात्र छात्राहरु समावेश गरी जुनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ ।

तालिमहरुमा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिन्छ ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ७४ हजार ४ सय ८० जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरी सकेको जनाएको छ ।