• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ: सूर्य थापा ★   सहकारीबाट पैसा लैजान रवि लामिछानेको संलग्नता नरहेको समितिको निष्कर्ष ★   प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी ★   अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल ★   मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश ★   माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्नेकुरा सैह्य हुन्न: शक्तिबहादुर बस्नेत ★   झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’ रोग ★   राष्ट्रपतिबाट संसदको दुवै सदनको चालु अधिवेशन सोमवार राती देखि अन्त्य ★   जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च ★   मादीनदीले बगाएका बालक अझै भेटिएनन

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण



बागलुङ, (बागलुङ) । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताउनुभयो । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकरी दिनुभयो ।

चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । “ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उहाँले भन्नुभयो । रासस