२४ असार २०८३, बुधबार
,
Latest
जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र सचिव लम्साल राजदूतमा सिफारिस, राई अब सचिव



अ+ अ-

काठमाडौं । सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जिमयको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले राजदूतमा १८ जनाको नाम सिफारिस गरेको थियो । उनीहरुको अहिले संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ । अब लम्साल पनि थपिएकी हुन् ।

लम्साल गत मंसिरमा परराष्ट्र सचिवमा नियुक्त भएकी थिइन् । उनी परराष्ट्र सचिव बन्ने पहिलो महिलासमेत हुन् ।

लम्साललाई राजदूतमा सिफारिस गरेपछि अमृत राई परराष्ट्र सचिव बन्ने छन् । परराष्ट्रमा राई सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।