२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठ्ठाघरमा सडकबाट मृतक महिलाको शव उठाइयो



अ+ अ-

भक्तपुर। गठ्ठाघरमा दुर्घटना परी मृत्यु भएकी स्कुटर चालक महिलाको शव उठाइएको छ ।

आज दिउँसो ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिई केही मिटर परसम्म घिसारिएको थियो ।

दिनभर तनावग्रस्त बनेको गठ्ठाघरमा शव उठाएपछि माहोल शान्त बन्दै गएको छ । ट्राफिक प्रहरीको कमजोरीको कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयहरुले केहीबेर ट्राफिक प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए ।

आक्रोशित स्थानीयले मृतक महिलाको शव उठाउन दिएका थिएनन । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको थियो ।