११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक यातायात व्यवसायीलाई गृहको ११ बुँदे निर्देशन: गाडीमा सीसीटीभी र जीपीएस जडान गर्नु



अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयले यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई ११ बुँदे निर्देशन दिँदै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न पत्राचार गरेको हो ।

असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डको भरतपुर महानगरपालिका–२९ मा पहिरोले दुईवटा बस बगाएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले गृहमन्त्रीलाई बुझाएको सुझाव प्रतिवेदनअनुसार गृह मन्त्रालयले यातायात व्यवसायीलाई यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गर्ने तथा यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने, सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने, सवारीमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने लगायतका ११ बुँदे निर्देशन दिएको हो ।

त्यस्तै, गृह मन्त्रालयले लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारी साधन प्रयोगबाट हटाउन पनि भनेको छ ।