३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए केन्द्रीय समितिको बैठक शनिबार बस्ने



अ+ अ-

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठक आगामी शनिबार बस्ने भएको छ।

संघका महासचिव गौरीराज जोशीका अनुसार, शनिबार (१७ अगष्ट) नेपाली समय साँझ ५ बजे भर्चुअल माध्यमबाट बैठक हुनेछ।

गैरआवासीय नेपाली संघका ६० भन्दा बढी देशहरूमा रहेका संघका केन्द्रीय पदाधिकारीहरू, आइसीसी सदस्यहरू, र राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा महासचिवहरू बैठकमा सहभागी हुनेछन्।

जोशीका अनुसार, बैठकमा गैरआवासीय नेपाली संघका गतिविधिहरूको जानकारी दिन तथा आगामी नयाँ कार्यक्रमहरू तय गर्न बैठकको आह्वान गरिएको हो।

गत मंगलवार सर्वोच्च अदालतले डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई काममा नरोक्न आदेश दिएपछि पहिलो पटक सो बैठक बस्न लागेको हो।

यसअघि संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नियमित काम गर्न पाउनुपर्ने माग गर्दै संघका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना लगायतको टोली सर्वोच्च अदालत पुगेको थियो।