२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज देशभर नै पानी पर्ने, केही ठाउँमा भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।