१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टालाई हराउँदै रियल मड्रिडले जित्यो सुपर कपको उपाधि



अ+ अ-

काठमाडौँ । युइएफए सुपर कपको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ ।

गएराति भएको फाइनल खेलमा इटालियन क्लब एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधिमाथि कब्जा गरेको हो ।

नेशनल स्टेडियम अफ वार्सामा भएको खेलमा रियललाई उपाधि दिलाउन खेलको ५९ औं मिनेटमा फेडेरिको भाल्भर्डेले र ६८ औं मिनेटमा किलियन एमबाप्पेले गोल गरे ।

एमबाप्पेको यो रियलबाट पहिलो खेल हो । पिएसजीबाट यसै सिजन रियल आएका एमबाप्पेले पहिलो खेलमै गोल तथा ट्रफि जित्न सफल भए ।

सुपर कपको फाइनल च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच हुँदै आएको छ । रियलले च्याम्पियन्स लिग तथा एटलान्टाले युरोपा लिग जितेको थियो ।