६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टालाई हराउँदै रियल मड्रिडले जित्यो सुपर कपको उपाधि



अ+ अ-

काठमाडौँ । युइएफए सुपर कपको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ ।

गएराति भएको फाइनल खेलमा इटालियन क्लब एटलान्टालाई २–० गोलले हराउँदै रियलले उपाधिमाथि कब्जा गरेको हो ।

नेशनल स्टेडियम अफ वार्सामा भएको खेलमा रियललाई उपाधि दिलाउन खेलको ५९ औं मिनेटमा फेडेरिको भाल्भर्डेले र ६८ औं मिनेटमा किलियन एमबाप्पेले गोल गरे ।

एमबाप्पेको यो रियलबाट पहिलो खेल हो । पिएसजीबाट यसै सिजन रियल आएका एमबाप्पेले पहिलो खेलमै गोल तथा ट्रफि जित्न सफल भए ।

सुपर कपको फाइनल च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच हुँदै आएको छ । रियलले च्याम्पियन्स लिग तथा एटलान्टाले युरोपा लिग जितेको थियो ।