५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छः सभापति लामिछाने



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालिन न्याय निरुपणको गाँठा फुकाउनेगरी कानून बनेपनि कानून आफैँले न्याय नदिने उल्लेख गर्नुभयो । उहाँले न्याय दिनका लागि संरचना चाहिने भन्दै उहाँले संरचनामा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताउनु भयो । उहाँले आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने बताउनु भयो । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राख्नुभयो । उहाँले राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलिय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्याय निरुपणका गाँठा फुकाउने गरी कानून त बन्ने भयो । तर कानून आफैँले न्याय दिने चाहीँ होइन । संरचना यसका लागि चाहिन्छ । र ति संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ । फेरिपनि राजनीतिक स्वार्थका आधारमा दलिय भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला । तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन । आयोगलाई नाममा मात्र होइन, काममा पनि स्वतन्त्र र निष्पक्ष बनाऔँ भन्ने अपील राख्न चाहन्छु ।

आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गर्न सकेको भए झनै राम्रो हुने थियो । मेलमिलापका लागि पीडक पक्षले पीडितलाई दबाब र प्रभावमा पार्ने खतरा जहिलेपनि रहन्छ । राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलिय स्वार्थ राख्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । यि दुवै विषयमा पूर्वसचेतना र सकारात्मक खबरदारी आवश्यक पर्दछ ।

सजाय छुटको प्रतिशतमा अदालतले सबैलाई समान न्याय कसरी गर्ला ? त्यसमा पनि चुनौती छ । पीडितलाई न्याय पाउँछु । पीडकलाई उन्मुक्ति हुन्न । र राज्य संरचनामा रहेकालाई कानुनभन्दा दायाँबायाँ गर्दिन भन्ने परिस्थिति बनाउन जे–जे गर्नुपर्छ, त्यो गरौँ भन्ने अपील गर्न चाहान्छु । आयोगले निष्कर्ष दिनु र अदालतले फैसला गर्नु मात्रै न्यायको रुपमा नबुझौँ ।’
सभापति लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताउनु भयो ।

अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासोबारे पनि ख्याल गर्नुपर्ने बताउनु भयो । उहाँले संक्रमणकालिन न्याय निरुपणमा रास्वपाको सकारात्मक सहयोग हुने भन्दै संसदको चौथो शक्तिको रुपमा रास्वपाको उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि दलहरुलाई आग्रह गर्नुभयो ।