५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवनभित्र मुखमा टेप लगाएर विरोध गर्ने विद्यार्थी नियन्त्रणमा – तस्बिरहरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा भने बिरोध प्रदर्शन भएको छ । रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीले संसद भवन परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी विद्यार्थी जिल्ला अछाम घर भएका दीपक देवकोटा रहेको बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले भूटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरिबन्धु ठगीका नाइकेहरुलाई सजाय खोइ ? बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि शुरु गर्नुपर्ने हो ? भन्दै प्लेकार्ट बोकेर प्रदर्शन गरेका थिए । मुखमा मास्क र कालो टेप बाँधेर उनले प्रदर्शन गरेका थिए ।