२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवनभित्र मुखमा टेप लगाएर विरोध गर्ने विद्यार्थी नियन्त्रणमा – तस्बिरहरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठक सञ्चालन भइरहँदा संसद भवन परिसरमा भने बिरोध प्रदर्शन भएको छ । रत्न राज्य क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीले संसद भवन परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी विद्यार्थी जिल्ला अछाम घर भएका दीपक देवकोटा रहेको बताइएको छ । प्रदर्शन गर्न नपाइने स्थानमा आन्दोलन गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले भूटानी शरणार्थी प्रकरण, सहकारी ठग, गिरिबन्धु ठगीका नाइकेहरुलाई सजाय खोइ ? बंगलादेशको विद्यार्थी आन्दोलन नेपालमा पनि शुरु गर्नुपर्ने हो ? भन्दै प्लेकार्ट बोकेर प्रदर्शन गरेका थिए । मुखमा मास्क र कालो टेप बाँधेर उनले प्रदर्शन गरेका थिए ।