६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटका किसानले प्रतिकिलो रु ५० मा स्याउ बेच्दै



अ+ अ-

मान्म । कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् ।

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताउनुभयो । “नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो”, उहाँले भन्नुभयो, “अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ ।”

बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा–४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताउनुभयो । “जिल्लामा यति बेला स्याउ टिप्ने सिजन सुरु भएकाले सबै किसान निकै व्यस्त छन्”, उहाँले भन्नुभयो, “अहिले ठेकेदार बगैँचामा आएर स्याउ लिने गरेका छन् ।”

स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रास्कोट नगरपालिका–८ फुकोटका पुष्पराज बरालले बताउनुभयो । “स्याउ उत्पादन प्रशस्त हुन्छ । यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पुर्‍याउन ढुवानी खर्च महँगो पर्छ”, उहाँले भन्नुभयो, “ठेकेदारले बारीमा आएर स्याउ लैजाने गरेका मूल्य कम भए पनि ढुवानीको समस्या भने अहिले छैन ।”

किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।रासस