६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसी विधेयकबारे प्रधानमन्त्री: पीडितमैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन गर्छौ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमति जुट्नु खुसीको विषय भएको बताए ।

पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताउदै उनले भने, ‘शान्तिका पक्षधर हामी सबै छौं । यो खुसीको कुरा हो । यो ऐन बनेपछि यसअन्तर्गत आयोग निर्माण गरेर काम गर्न सरकारले सहयोग गछौं । अरु दलबाट पनि सहयोग गर्छन् भन्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले टीआरसी विधेयक टुंगिएपनि नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन हुने बताए ।