२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसी विधेयकमाथि छलफल गरी आजै पारित गरिने



अ+ अ-

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै प्रतिनिधिसभाबाट पारित गरिने भएको छ ।

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकले विधेयक पारित गर्ने भएको हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, ‘बेपत्ता पारिएका व्इक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिनेछ ।

विधेयकमाथि संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले आ–आफ्ना धारणा राख्नेछन् । सम्भवत: यो विधेयक सर्वसम्मत हुने सम्भावना छ । प्रतिनिधिसभाबाट पारित भएपछि विधेयकलाई राष्ट्रिय सभामा लगिने छ । त्यहाँबाट पनि पारित भएपछि प्रमाणीकरण गर्न राष्ट्रपतिकोमा पठाइन्छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुन बन्ने छ ।