७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण



अ+ अ-

फिदिम । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर, आवश्यक पूर्वाधार नहुँदा बीओपीमा खटिने सशस्त्र प्रहरीको दैनिकी सकसपूर्ण बनेको छ। याङवरक गाउँपालिकाका चिवाभञ्ज्याङ, सुकेढाप र फालेलुङ गाउँपालिकाका भैँसे र फालोटमा बीओपी खडा गरिएको हो। यी ठाउँमा अहिले हिउँ पर्न थालेको छ। बीओपीका लागि आफ्नै भवन छैन। गाउँपालिकाले टिनले बारेर बनाएको कच्ची भवनमा बसेर सीमा सुरक्षामा प्रहरी तैनाथ छन्। 

‘सीमा क्षेत्रमा बीओपी राख्नु स्वागतयोग्य काम हो’, फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘सीमा सुरक्षामा खटिने प्रहरीलाई बस्नका लागि गतिलो भवन छैन। चिसो बढेपछि गोठ तल झर्न थालेका छन्। प्रहरी नै चिसोले कठ्यांग्रिने सम्भावना छ।’ पर्याप्त तयारीबिना बीओपी स्थापना गरिँदा प्रहरीलाई कठिन भएको स्थानीयको बुझाइ छ।

सुरक्षाकर्मीका लागि खान, बस्न र सञ्चारको असुविधा छ। बीओपी बसेका कच्चा भवनमा भित्रसम्म शीत पर्ने र ओछ्यानसमेत भिज्ने गरेको सुरक्षाकर्मी बताउँछन्। ‘चिसो ठाउँमा टिनको छानोभित्र शीत पर्दो रहेछ’, चिवाभञ्ज्याङ बीओपीमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘न्यानो भन्ने कतै छैन, हिउँले बीओपी भवन छोप्न थालेको छ।’ उच्च पहाडमा खटिएका सुरक्षाकर्मीलाई बास, सञ्चार, इन्धन, खाद्यान्न, यातायातजस्ता आधारभूत आवश्यकताको व्यवस्थासमेत छैन। 

उनीहरूका लागि अतिरिक्त सुविधासमेत उपलब्ध छैन। चिसोका कारण सशस्त्र प्रहरीको आन्तरिक सञ्चार सेट पनि सञ्चालन हुन नसकेको बताइएको छ। बीओपी स्थापना गरेको ठाउँसम्म सडकको भरपर्दो सुविधा पुगेको छैन। सञ्चार सुविधाबाट टाढा छन् सुरक्षाकर्मी। बस्नका लागि गतिलो व्यवस्था छ्रैन। बीओपी व्यवस्थित गर्न सरकारले गुरुयोजना बनाएरै अघि बढ्नुपर्ने स्थानीय सन्तोष श्रेष्ठ बताउँछन्। अन्नपुर्णपोष्ट दैनिक