४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाई समिति सभापतिको निर्वाचन साउन ३१ गते हुने



अ+ अ-

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोक्नुभएको हो ।

त्यस्तै राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुने भएको छ ।

संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते हुने सभामुख घिमिरेले घोषणा गर्नुभयो । सभामुख घिमिरेले उक्त निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते गर्नेगरी तोकेको छु । साथै उक्त निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिवलाई निर्देश गर्दछु ।’

प्रतिनिधि सभाको अर्को बैठक साउन ३० गते बुधवार दिउँसो १ बजे बस्नेछ ।