१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋण नतिरेपछि राजपाल यादवको सम्पत्ति जफत



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता राजपाल यादव अहिले चर्चामा छन् । गत आइतबार अभिनेताको करोडौंको सम्पत्ति बैंकले जफत गरेको थियो ।

कारबाही गर्दै बैंकले सम्पूर्ण जग्गा सिल गरी त्यहाँ बैंक बोर्ड समेत लगाएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने, अधिकारीहरूले हतार र लापरवाहीले बन्द कुलर घरभित्रै चलाएर छोडेका छन् ।

राजपाल यादवले फिल्म ‘अता पता लापता’ बनाउनको लागि सन् २०१२ मा भारतको केन्द्रीय बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । समयसँगै यो ऋण ११ करोड भारु भएको छ, जसलाई अभिनेताले तिर्न सकेनन् ।

ऋण तिर्न नसकेपछि आइतबार सेन्ट्रल बैंक अफ इन्डियाको बान्द्रा शाखाका अधिकारीले कारबाही गर्दै शाहजहांपुरको कचरी ओभरब्रिज नजिकै रहेको सेठ इन्क्लेभमा रहेको ग्यारेन्टीमा राखेको जग्गा सिल गरिएको छ ।

अधिकारीहरूले गोप्य रूपमा कारबाही गरे र सम्पूर्ण सम्पत्ति सिल गरे । टाइम्सको रिपोर्ट अनुसार राजपाल यादवले मार्बल बिक्रेतालाई त्यो सम्पत्ति भाडामा दिएका थिए । अफिसरहरूले यसलाई यति हतारमा कब्जा गरे कि सम्पत्ती भित्र चलिरहेको कुलर पनि बन्द गरिएको थिएन ।

अब बैंकले राजपाल यादवको सम्पत्तिमा बोर्ड राखेको छ । बोर्डमा अबदेखि यो सम्पत्ति भारतको केन्द्रीय बैंकको भएकोले यसलाई न किन्न पाइन्छ न बेच्न पाइने जनाइएको छ ।

राजपाल यादव सन् २०१२ मा आएको फिल्म ‘अता पता लापता’ मा देखिएका थिए । यो चलचित्रलाई उनकी पत्नी राधा यादवले निर्देशन र निर्माण गरेकी हुन् । फिल्ममा पैसा लगानी गर्न राजपाल यादवले भारतको केन्द्रीय बैंकबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । फिल्म रिलिज हुनुअघि नै व्यापारी एमजी अग्रवालले राजपाल यादवमाथि ठगीको आरोप लगाएका थिए जसका कारण दिल्ली उच्च अदालतले फिल्मको रिलिजमा रोक लगाएको थियो ।

एमजी अग्रवालले राजपालले आफूसँग ५ करोड रुपैयाँ लिएको आरोप लगाएका छन् । उनको कम्पनी मुरली प्रोजेक्टको राजपालसँग सम्झौता थियो, तर राजपाल यादवले फिल्मलाई स्वतन्त्र रूपमा रिलिज गरेका थिए । जब उनले आफ्नो पैसा फिर्ता गर्न भने, राजपाल यादवले उनलाई चेक दिए, जुन बाउन्स भयो ।

धेरै विवादपछि यो फिल्म २ नोभेम्बर २०१२ मा रिलिज भएको थियो । करोडमा बनेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो र ३८ लाख मात्रै कमाउन सक्यो ।

सन् २०१८ मा चेक बाउन्स मुद्दामा राजपाल यादव जेल पनि परेका थिए । उनी करिब ३ महिना जेल बसे ।

राजपाल यादव यसै वर्ष रिलिज भएको फिल्म ‘चन्दु च्याम्पियन’मा देखिएका थिए । उनी छिट्टै ‘भुल भुलैया ३’, ‘बेबी जोन’, ‘मकटूब’ र ‘वेलकम टु द जंगल’ जस्ता फिल्ममा देखिनेछन् ।