३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शब्द योगमा नि:शब्द भएका वरिष्ठ पत्रकार कोइराला



अ+ अ-

काठमाडौं । ओशोधारा नेपालद्वारा साउन २५ देखि २७ गतेसम्म आयोजना भएको पाँचौं तहको समाधि साधना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अन्तिम सत्र अर्थात् पृष्ठपोषणको सत्रमा सहभागीको अनुभव, राय र सुझाव लिने क्रममा कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले यो तहसम्म आइपुग्दा आफूसँग बोल्नको लागि शब्द नै कम भएको बताए ।

‘पहिलो तहको ध्यान साधना कार्यक्रमगर्दा ध्यान के हो ? ध्यानको अभ्यासले के हुन्छ जानेको र सुनेको अनि आफ्नो अनुभूतिलाई धेरै मिलाएर बोल्न जान्ने र बोल्न सक्ने ठानेको थिएँ । अध्यात्म यस्तो यात्रा रहेछ कि बाहिर जानेका र सुनेका कुरालाई बोलेर होइन भित्रको अनुभूतिमा बोधगम्य हुँदोरहेछ । साधनाको तह जति गहिरिँदै गयो संसारी तह त्यति नै माथि माथि लाग्दो रहेछ । संसारमा पो बोलेर जित्नुछ । बोलेर प्रमाणित गर्नुछ । बोलेरै अगाडी आउनुछ । अध्यात्म आत्मिक साधना भएकोले म निशब्द छु, जे अनुभूति गरेको साधनाबाट त्यसलाई गहिराईसम्म पुग्न दिनेछु । ’ वरिष्ठ पत्रकार कोइरालाले भने ।

उनले वर्षौंदेखि हाम्रा ऋषिमुनीहरूले गर्दै आएको साधना विधिलाई सुमिरन योग, तथाता योग र शब्द योगको माध्यमबाट जीवनशैली रूपान्तरणको आयाम समेटिएको ओशोधारा नेपालले काठमाडौँ साधना केन्द्रमा आयोजना गरेको कार्यक्रमबाट सहभागीहरूले शब्द साधनाको माध्यमबाट शब्द गुरूको निर्देशनलाई आत्मसात गर्ने अवसर पाएका बताए । यो कार्यक्रममा बैंकर, शिक्षक, विद्यार्थी, गृहिणी, सेवा निवृत्त कर्मचारी, व्यापारी लगायतले कार्यक्रममा सहभागी भएर लाभ लिएका छन् । पृष्ठपोषणको क्रममा सबै साधकले आफ्नो अनुभूतिलाई शब्दमा व्यक्त गर्न नसकिने तर त्यसको आनन्दमा डुब्न सकेको बताएका थिए ।

कार्यक्रममा आचार्य डा नम्रता पाण्डे, आचार्य डा. प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य ई अनन्त विष्टले विभिन्न साधना पद्धतिको माध्यमबाट साधकहरूलाई सहजीकरण गराएका थिए ।

चेतना जागरण, स्वाध्याय र जीवनशैली रूपान्तरणका लागि ओशोधारा नेपालले महिनैपिच्छे विभिन्न कार्यक्रम र प्रत्येक विहान जुमको माध्यमबाट कार्यक्रम संचालन गर्दै आइरहेको छ ।