६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शब्द योगमा नि:शब्द भएका वरिष्ठ पत्रकार कोइराला

शब्द योगमा नि:शब्द भएका वरिष्ठ पत्रकार कोइराला
अ+ अ-

काठमाडौं । ओशोधारा नेपालद्वारा साउन २५ देखि २७ गतेसम्म आयोजना भएको पाँचौं तहको समाधि साधना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अन्तिम सत्र अर्थात् पृष्ठपोषणको सत्रमा सहभागीको अनुभव, राय र सुझाव लिने क्रममा कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले यो तहसम्म आइपुग्दा आफूसँग बोल्नको लागि शब्द नै कम भएको बताए ।

‘पहिलो तहको ध्यान साधना कार्यक्रमगर्दा ध्यान के हो ? ध्यानको अभ्यासले के हुन्छ जानेको र सुनेको अनि आफ्नो अनुभूतिलाई धेरै मिलाएर बोल्न जान्ने र बोल्न सक्ने ठानेको थिएँ । अध्यात्म यस्तो यात्रा रहेछ कि बाहिर जानेका र सुनेका कुरालाई बोलेर होइन भित्रको अनुभूतिमा बोधगम्य हुँदोरहेछ । साधनाको तह जति गहिरिँदै गयो संसारी तह त्यति नै माथि माथि लाग्दो रहेछ । संसारमा पो बोलेर जित्नुछ । बोलेर प्रमाणित गर्नुछ । बोलेरै अगाडी आउनुछ । अध्यात्म आत्मिक साधना भएकोले म निशब्द छु, जे अनुभूति गरेको साधनाबाट त्यसलाई गहिराईसम्म पुग्न दिनेछु । ’ वरिष्ठ पत्रकार कोइरालाले भने ।

उनले वर्षौंदेखि हाम्रा ऋषिमुनीहरूले गर्दै आएको साधना विधिलाई सुमिरन योग, तथाता योग र शब्द योगको माध्यमबाट जीवनशैली रूपान्तरणको आयाम समेटिएको ओशोधारा नेपालले काठमाडौँ साधना केन्द्रमा आयोजना गरेको कार्यक्रमबाट सहभागीहरूले शब्द साधनाको माध्यमबाट शब्द गुरूको निर्देशनलाई आत्मसात गर्ने अवसर पाएका बताए । यो कार्यक्रममा बैंकर, शिक्षक, विद्यार्थी, गृहिणी, सेवा निवृत्त कर्मचारी, व्यापारी लगायतले कार्यक्रममा सहभागी भएर लाभ लिएका छन् । पृष्ठपोषणको क्रममा सबै साधकले आफ्नो अनुभूतिलाई शब्दमा व्यक्त गर्न नसकिने तर त्यसको आनन्दमा डुब्न सकेको बताएका थिए ।

कार्यक्रममा आचार्य डा नम्रता पाण्डे, आचार्य डा. प्रद्युम्नराज पाण्डे, आचार्य पूजारी र आचार्य ई अनन्त विष्टले विभिन्न साधना पद्धतिको माध्यमबाट साधकहरूलाई सहजीकरण गराएका थिए ।

चेतना जागरण, स्वाध्याय र जीवनशैली रूपान्तरणका लागि ओशोधारा नेपालले महिनैपिच्छे विभिन्न कार्यक्रम र प्रत्येक विहान जुमको माध्यमबाट कार्यक्रम संचालन गर्दै आइरहेको छ ।