३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिपफेक भिडियोमा अभिषेक बच्चनले भने – ऐश्वर्या र मेरो सम्बन्ध विच्छेद हुँदैछ



अ+ अ-

एजेन्सी । केही समयदेखि बलिउड अभिनेता अभिषेक बच्चन र उनकी श्रीमती ऐश्वर्या राय बच्चनबीच केही राम्रो नभएको चर्चा भइरहेको छ । उनीहरुको सम्बन्धविच्छेदको खबर पनि बाहिर आएको छ ।

यसैबीच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जसमा अभिषेक बच्चनले ऐश्वर्या रायसँग डिभोर्सको घोषणा गरिरहेका छन् ।

यस भिडियोमा अभिनेता भन्छन्, ‘यस जुलाईमा ऐश्वर्या र मैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौं । पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेन । आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’

तर, अनुसन्धानमा यो भिडियो नक्कली भएको खुलेको छ । यसमा अभिषेकको लिप सिङ्किङसँग पटक्कै मेल खाइरहेका छैनन् । यो भाइरल भिडियो एआई प्रविधि वा कुनै अनलाइन उपकरण प्रयोग गरेर बनाइएको हो ।

लामो समयदेखि अभिषेक र ऐश्वर्याको सम्बन्ध डिभोर्ससम्म पुगेको चर्चा चलिरहेको थियो । हालै ऐश्वर्या बच्चन परिवारबाट छुट्टिएर अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएपछि यी हल्लाले थप गति लिएको थियो ।

यस पार्टीमा ऐश छोरी आराध्यासँग पुगेकी थिइन् । बच्चन परिवारका बाँकी सदस्यहरू छुट्टै आएका थिए ।