४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु गरेको छ ।

समितिको आईतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल शुरु गरेको हो । दफावार छलफल शुरु गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरुले आफ्नो संशोधनको व्यहोरा राखेका थिए । सभापति रामहरी खतिवडाले संशोधनकर्ता सांसदहरुले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताउनुभएको थियो । लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रश्तावना तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाउनुभएको थियो । सांसदहरुले प्रश्तावना र संक्षिप्त नाममा कुनै संशोधन प्रश्ताव नगरेपछि बैठकले प्रश्तावना र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।

विधेयकको प्रश्तावनामा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ’ भनेर उल्लेख गरिएको छ । संक्षिप्त नाम र प्रारम्भमा “यस ऐनको नाम ‘भ्रष्टाचार निवारण९पहिलो संशोधन० ऐन २०७६’ रहेको छ” भनि उल्लेख छ । त्यसैगरी ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ ।

समितिको आगामी बैठकमा भ्रष्टाचार निवारणको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिलाई दिएको सुझावहरुको सन्दर्भमा आयोगका पदाधिकारीहरुलाई बोलाएर छलफल गरिने समिति सभापति खतिवडाले जानकारी दिनुभयो ।