३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु गरेको छ ।

समितिको आईतबार बसेको बैठकले विधेयकमाथिको दफावार छलफल शुरु गरेको हो । दफावार छलफल शुरु गर्नुअघि विधेयकमा संशोधन गर्ने सांसदहरुले आफ्नो संशोधनको व्यहोरा राखेका थिए । सभापति रामहरी खतिवडाले संशोधनकर्ता सांसदहरुले आफ्नो धारणा राखिसकेपछि समिति बैठक दफावार छलफलमा प्रवेश गरेको बताउनुभएको थियो । लगत्तै समितिका सचिव सुरजकुमार दुराले विधेयकको प्रश्तावना तथा संक्षिप्त नाम र प्रारम्भ बैठकमा पढेर सुनाउनुभएको थियो । सांसदहरुले प्रश्तावना र संक्षिप्त नाममा कुनै संशोधन प्रश्ताव नगरेपछि बैठकले प्रश्तावना र संक्षिप्त नाम पारित भएको घोषणा गरिएको थियो ।

विधेयकको प्रश्तावनामा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न वाञ्छनीय भएकोले सङ्घीय संसदले यो ऐन बनाएको छ’ भनेर उल्लेख गरिएको छ । संक्षिप्त नाम र प्रारम्भमा “यस ऐनको नाम ‘भ्रष्टाचार निवारण९पहिलो संशोधन० ऐन २०७६’ रहेको छ” भनि उल्लेख छ । त्यसैगरी ‘यो ऐन तुरुन्त प्रारम्भ हुनेछ’ भनिएको छ ।

समितिको आगामी बैठकमा भ्रष्टाचार निवारणको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिलाई दिएको सुझावहरुको सन्दर्भमा आयोगका पदाधिकारीहरुलाई बोलाएर छलफल गरिने समिति सभापति खतिवडाले जानकारी दिनुभयो ।