२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिलोपकथमा साना सवारीसाधन सञ्चालन



फाइल फोटो
अ+ अ-

मकवानपुर । पहिरोले अवरुद्ध भएको कान्तिलोकपथमा साना सवारीसाधन सञ्चालन भएका छन् । ललितपुरको बागमती गाउँपालिका–६ रातो पहाड नजिक खसेको पहिरो हटाएपछि हलुका सवारीसाधन सञ्चालनको अनुमति दिइएको भट्टेडाँडास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो पूर्ण रुपमा पन्छाउन बाँकी रहेकाले अनुकूल मौसम रहेमा साँझसम्ममा ठूला सवारीसाधनलाई पनि सञ्चालनको अनुमति दिइने मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ओम पण्डितले बताउनुभयो ।

यसैगरी, मकवानपुरतर्फको भीमफेदी गाउँपालिका–८ महादेवटारमा दुवैतर्फको सडकमा पर्खाल, ढल निर्माण जारी छ । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी–कुलेखानी सडक सञ्चालनमा छभने पूर्व–पश्चिम राजमार्गमा पनि सवारीसाधन सञ्चालनमा रहेका उहाँले जानकारी दिनुभयो । रासस