२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै विजयी



अ+ अ-

काठमाडौं । विशेष अदालत बार एसोसियसनको अध्यक्षमा नेकपा (एमाले) निकट पीपीएलएको प्यानलै निर्वाचित भएको छ ।

टीकाबहादुर कुँवर अध्यक्ष रहेको पीपीएलएको प्यानल निर्वाचित भएको हो ।

कुँवर यसअघि नै अध्यक्ष पदमा निर्विरोध भएका थिए । जसअनुसार आज उपाध्यक्ष र सचिव र सदस्यहरुमा निर्वाचन भएको हो ।

उपाध्यक्षमा शशिनाथ मरासिनीले २५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी पवित्रा राउतले १५ मतमात्रै ल्याइन् ।

सचिवमा २६ मत ल्याएर युवराज बञ्जाडे विजयी भए । उनका प्रतिस्पर्धी मनिषा बस्नेतले १४ मतमात्रै ल्याइन् ।

यस्तै, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे र महिला सदस्यमा मौसम राई निर्वारोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा र बोलाराम पाण्डे विजयी भएका छन् ।