२२ मंसिर २०८२, सोमबार
,
Latest
‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अस्वस्थ, आजका सबै कार्यक्रम रद्द



file-photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

अचानक स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले आजका सबै कार्यक्रम रद्द गर्नुभएको छ । प्रधानमन्त्री ओली हिजो पनि सार्वजनिक कार्यक्रममा देखिनु भएन ।

प्रधानमन्त्री ओली सहभागी हुने हिजो तीन वटा महत्वपूर्ण कार्यक्रम थिए । तर चिकित्सकसँग परामर्श गरेपछि उहाँ ती कार्यक्रममा सहभागी हुनुभएन ।

प्रधानमन्त्री ओलीले शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चतनारायण आचार्यसहित सवै मन्त्रीसँग भेट्ने कार्यक्रम रहेपनि स्वास्थ्यमा समस्या आएपछि आइतबार सारिएको छ ।

अस्वस्थताकै कारण प्रधानमन्त्री ओली नेकपा एमाले वन तथा वातावरण विभागले सामुदायिक वन दिवसको अवसरमा आयोजना गरेको वनको दिगो व्यवस्थापन, समृद्धि र जनवायु न्याय विषयक राष्ट्रिय नीति सम्वाद कार्यक्रममा समेत सहभागी हुनुभएन । प्रधानमन्त्री ओलीको सचिवालयले भने यस विषयमा कुनै औपचारिक जानकारी दिएको छैन ।